२० बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनएका नवनिर्वाचित पदाधिकारीद्धारा प्रधानमन्त्री देउबासँग भेट

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७८, मंगलवार १८:२३

काठमाडौं । गैरआवासीय नेपाली नागरिकतालाई छुट्टै विधेयक बनाएर छिटो पारित गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) को ध्यानर्कषण गरिएको छ ।

एनआरएनएको नवनिर्वाचित कार्यसमितिले आज प्रधानमन्त्री देउवा र प्रचण्डसँग छुट्टा छुट्दै भेटघाट गर्दै नेपालको संविधान २०७२ मा ब्यवस्था भएको गैर आवासीय नेपाली नागरिकतालाई छुट्टै विधेयक बनाएर यथासक्दो छिटो पारित गरिदिन ध्यानर्कषण गराएको हो ।

एनआरएनए अध्यक्ष कुल आचार्य, रविना थापा र बद्री केसीसहितको नवनिर्वाचत कार्यसमितिको टोलीले कम्तिमा १० अर्बको एनआरएन डेभलपमेन्ट फण्ड सम्बन्धी भएका बाधा अड्चन फुकाई सहजीकरण गरिदिन पनि आग्रह गरिएको छ । त्यस्तै, वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण सटहीमा प्रति डलर २ पैसा संघको वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्न सहजीकरण गरिदिन, एक सय रुमको आधुनिक सुविधान सम्पन्न वृद्धाश्रम निर्माणको लागि आवश्यक जग्गा उपलब्ध गराईदिन, वैदेशिक रोजगार सामाजीक सुरक्षा कार्यक्रम संचालनमा ल्याउनका लागि पहल गरिदिन पनि माग गरेको छ ।

घलेलाई एनआरएनएको मूलधारमा फर्कन सल्लाह दिने प्रचण्डको भनाई

गैरआवासीय नेपाली संघ ९एनआरएनए०का नवनिर्वाचित पदाधिकारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । भेटका क्रममा अध्यक्ष प्रचण्डले गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा कार्यकालको शुभकामना दिएका थिए । भेटका अवसरमा चैतको १२ र १३ गते सम्पन्न विश्व सम्मेलनले लिएका प्रतिवद्धताबारे छलफल भएको थियो । अध्यक्ष प्रचण्डले नेपालको विकासमा विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीको भूमिका महत्त्वपूर्ण रहँदै आएको बताएका थिए ।

उनले गैरआवासीय नेपाली संघ एकजुट भएकोमा आफू एकदम खुसी भएको बताए । अध्यक्षले भने, ‘यो एनआएनएको होइन, यो नेपाली जनताको एकतालाई तपाईंहरूले दिएको सन्देश हो । अप्ठ्यारोको बीचबाट पनि नेपालीले बाटो पहिल्याउन सक्छन् भन्ने एकता र क्षमताको सन्देश छ यसमा । नेपालीहरूले अप्ठ्यारोको बीचमा पनि नेतृत्व क्षमता राख्छन् भन्ने सन्देश यसमा छ ।’

प्रचण्डले शेष घलेलाई पनि गैरआवासीय नेपाली संघ एनआरएनएको मूलधारमा फर्कन आफुले सल्लाह दिने बताए । प्रचण्डले विवाद समाधानका लागि तीन अध्यक्षको मोडालिटि राम्रो भएको बताए । उनले मुलधारमा रहेको संस्थाले नै आधिकारिकता पाउने बताए । “शेष घलेजीले किन त्यस्तो गर्नुभयो मैले बुझेको छैन, र मैले सोध्न पनि चाहेको छैन्, के कारणले यस्तो भएको हो भनेर । मौका मिल्यो भने उहाँलाई यस्तो नगरौ, मिलेर नै जआउँ भन्ने सल्लाह रहन्छ,’ प्रचण्डले भने ।

एनआरएनएका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेले समुहले छुट्टै महाधिवेशन गर्दै विनोद कुँवरको अध्यक्षतामा कमिटी निर्वाचित गरेको छ । सो समुहले आफुहरु आधिकारिक भएको दावी गर्दै अदालत सम्म पुग्ने तयारी गरेको जनाएको छ । घले समुहको महाधिवेशनको उद्घाटन अर्थमन्त्री जर्नादन शर्माले गरेका थिए ।

उनले गैरआवासीय नेपाली संघ एकजुट भएकोमा आफू एकदम खुसी भएको बताए । अध्यक्षले भने, ‘यो एनआएनएको होइन, यो नेपाली जनताको एकतालाई तपाईंहरूले दिएको सन्देश हो । अप्ठ्यारोको बीचबाट पनि नेपालीले बाटो पहिल्याउन सक्छन् भन्ने एकता र क्षमताको सन्देश छ यसमा । नेपालीहरूले अप्ठ्यारोको बीचमा पनि नेतृत्व क्षमता राख्छन् भन्ने सन्देश यसमा छ ।’ प्रचण्डले एनआरएन नागरिकता र विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था दिलाउने बाटो खोजि भइरहेको बताए । “अहिले स्थानीय निर्वाचनमा नै त सम्भव नहोला तर प्रदेश र संघिय निर्वाचन सम्मका लागि प्रयास रहन्छ ।”