२४ बैशाख २०८१, सोमबार
Follow Us

स्ववियु निर्वाचनको बाँकी मनोनयन दर्ता आज हुँदै

नेपालब्रिटेन डट कम्
१५ फाल्गुन २०७३, आईतवार ०७:१७

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन अन्र्तगत विद्यार्थी संगठनहरुको विवादका कारण निर्धारित कार्यतालिका अनुसार मनोनयन दर्ता हुन नसकेका क्याम्पसहरुमा आज उम्मेदबारी दर्ता हुँदैछ । विद्यार्थी संगठनको तालाबन्दीले मुलुकभरका ३८ क्याम्पसमा हिजो हुन नसकेको उम्मेदबारी मनोनयन दर्ता त्रिभुवन विश्वविद्यालयले आज गर्ने तयारी गरेको हो । तर केही क्याम्पसमा विद्यार्थी संगठनको विरोध र तालाबन्दी कायमै रहेकाले आज पनि उम्मेदबारी दर्ता हुने सम्भावना भने कम रहेको छ । हिजो मनोनयन दर्ता नभएका क्याम्पसमा आज साँझ ५ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिने र भोली बिहान १० बजेसम्म आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी अन्तिम नामावली प्रकाशन गर्ने नयाँ कार्यतालिका त्रिविले बनाएको छ । हिजो मनोनयन दर्ता भएका २२ वटा क्याम्पसमा भने कार्यतालिका अनुसार नै प्रक्रिया अघि बढने बताइएको छ । जस अनुसार ति क्याम्पसहरुमा आज साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।