२६ बैशाख २०८१, बुधबार
Follow Us

विधान संशोधनकाे सुझाव लिन एनआरएनएद्वारा १२ घण्टे बैठकको आब्हान

नेपालब्रिटेन संवाददाता
१९ भाद्र २०७९, आईतवार १०:५४

लण्डन । गैरआवासीय नेपाली संघले विधान संशोधनको लागि सुझाव संकलन गर्ने भएको छ । गैरआवासीय नेपाली संघको विधान संशोधन समितिका संयोजक डा. हेमराज शर्माका अनुसार संघका राष्ट्रिय समन्वय परिषद अध्यक्षहरु, पदाधिकारी तथा सदस्यहरु, अन्तर्राष्ट्रिय समन्वय परिषद समेतको सहभागितामा विधान संशोधन सुझाव संकलन गर्न लागिएको हो ।

यसअघि संघले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको विधानमा आवश्यक संशोधन सुझाव पेश गर्न डा. शर्माको नेतृत्वमा बिधान समिति गठन गरेको थियो । उक्त समितिले तयार पारेको संशोधन प्रस्तावलाई अक्टोबरमा सम्पन्न हुने संघको साधरण सभामा प्रस्तुत गर्ने तयारी विधान संशोधन समितिले गरेको छ ।

विधान संशोधन प्रस्तावको प्रारम्भिक दस्तावेज सार्वजनिक गर्दै समितिले १२ घन्टा सम्म खुल्लारुपमा जुम मार्फत सुझाव संकलन गर्ने तयारी गरेको समितिका सचिव गंगाधार गौतमले जनाकारी दिएका छन् । भोलि (सोमवार) का दिन सबै गैरआवासीय नेपाली संघका सदस्यहरुले जुममा उपस्थित भएर विधान संशोधनमा आआफ्ना भनाईहरु राख्न सक्ने छन् ।