२४ बैशाख २०८१, सोमबार
Follow Us

एनआरएनए महिला विभागको नयां वर्ष शुभकामना कार्यक्रममा मदनकृष्ण श्रेष्ठ अतिथि

नेपालब्रिटेन डट कम्
२ बैशाख २०८०, शनिबार २०:५३

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको महिला विभागले नयां वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ । संघकी सचिव टिका गुरुङका अनुसार भोलि आइतवार भरर्चुअल मार्फत हुने सो कार्यक्रममा हांस्यकलाकार मदनकृष्ण श्रेष्ठको प्रस्तुती रहने छ । कार्यक्रममा नेकपा एमाले नेता शान्ता चौधरी र मानव अधिकारकर्मी मुस्कान खातुन अतिथिको रुपमा आमन्त्रण गरिएको छ ।
नेपाली समय दिउंसो तीन बजे देखी शुरु हुने कार्यक्रममा उपस्थित हुन् महिला विभागले संघका सबै सदस्यहरुलाई आग्रह गरेको छ ।

संघको निमन्त्रणा

ग़ैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद अंतर्गत महिला बिभाग ले नेपाली नयॉ बर्ष २०८० सालको पावन अवसर मा नया वर्ष २०८० को शुभकामना आदान-प्रदान कार्यक्रम Zoom प्रविधि मार्फ़त आयोजना गर्न गई रहेको हुदा तपाई सम्पूर्ण लाई हाम्रो यस कार्यक्रम मा गरिमामय उपस्थिति को लागी हार्दिक अनुरोध गर्दछौ ।
Join Zoom Meeting
https://zoom.us/j/92693638563…
Meeting ID: 926 9363 8563
Passcode: 2023
उपस्थिति को सादर अनुरोध सहित
राधिका गुरूडः (टिका) महीला सचिव
तथा समस्त महिला विभाग
एनआरएन आईसीसी २०२१-२०२३