७ बैशाख २०८१, शुक्रबार
Follow Us

देउवा पुत्र जयवीर र गायिका शिवानीबीच टिकाटालो

नेपालब्रिटेन संवाददाता
१९ जेष्ठ २०८०, शुक्रबार १२:४७

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंहले प्रेमिका शिवाना श्रेष्ठसँग टिकाटालो गरेका छन् । जयवीरले बिहीबार बेलुका टिकाटालो गरेका हुन् । टिकाटालो कार्यक्रममा देउवा तथा पत्नी आरजु राणा र शिवानाकी आमा प्रतिभा राणा सहभागी थिए ।

तस्वीरमा जयवीर र शिवानालाई टीका र मालामा देख्न सकिन्छ । जेठ पहिलो साता उनीहरुले औंठी साटासाट गरेका थिए । आगामी भदौमा जयवीर र शिवानाले बिहे गर्ने तयारी रहेको देउवा परिवार स्रोतले जनाएको छ । शिवाना कभर गायिका हुन् । जयवीरसिंह शेरबहादुर र आरजु देउवाका एक्ला सन्तान हुन् ।