२२ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए उपाध्यक्षद्धय डा. शर्मा र सिमखडा बेलायतमा सम्मानित

नेपालब्रिटेन डट कम्
४ मंसिर २०८०, सोमबार ००:५४

लन्डन । गैरआवासीय नेपाली संघका उपाध्यक्षद्धय डा. हेम राज शर्मा र रामशरण सिमखडा बेलायतमा सम्मानित भएका छन् ।

सहारा यूकेले १३ औं वार्षिक च्यारिटी कार्यक्रममा डा. शर्मा र सिमखडा सम्मानित भएका हुन् । डा. शर्मा र सिमखडा संघको गत महिना सम्पन्न ११ औं महाधिवेसनको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

शनिबार अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रममा अवार्ड वितरण, सांस्कृतिक प्रस्तुति र आर्थिक संकलन गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतस्थित नेपाली युवा पुस्तालाई नेपालसंग जोड्न, खेलकुद विकास र च्यारिटी कार्यमा सहारा यूकेको निरन्तर सराहनीय कार्य गरेको भन्दै प्रशंसा गरे ।

बेलायतका नेपालीलाई नेपालसंग कसरी जोड्न सकिन्छ भन्नेमा दूतावास सजग रहेको र यसमा सहारा यूकेले पनि काम गरिरहेकामा राजदूत आचार्यले प्रशंसा गरे ।

कार्यक्रमका सभापति तथा सहारा यूके अध्यक्षले (रि) कुसाङ गुरुङले सहारा यूकेले सन् २००८ मा स्थापना भएदेखि नै खेलकुद विकास र च्यारिटी कार्यमा निरन्तर काम गरिरहेको उल्लेख गरे ।

उनले अतिथीहरु, प्रायोजक, कलाकार लगायत सहयोगी सबैलाई धन्यवाद दिए । महासचिव मनोज गुरुङ र सुर्य गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा संस्थाका उपाध्यक्ष एवं कार्यक्रम संयोजक कृष्ण गुरुङले स्वागत मन्तव्य दिएपछि सहारा यूकेको गतिविधि सम्बन्धि वृत्तचित्र देखाइएको थियो।

सो अवसरमा नेपालबाट आएका गायक दीपक थापा र अभिषेक थापाले कयौं गीत प्रस्तुत गरेर दर्शकलाई मनोरन्जन दिएका थिए ।

सयपत्री सांस्कृतिक समूह यूकेका कलाकारले पनि आफ्नो नृत्य कला देखाए ।न्यु लक्ष्मी ज्वलर्स प्रोपाइटर लक्ष्मी राईले १ तोला सुन प्रायोजन गरेकी थीइन् ।

कार्यक्रममा गैर(आवासीय नेपाली संघका पदाधीकारी एबम कलाकार, सहयोगी,प्रायोजक, नयां सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।

यसैबीच, सहारा यूकेले दुई व्यक्तित्वलाई ‘सहारा यूके अवार्ड’ र ‘सहारा यूके स्पेशल अवार्ड २०२३ प्रदान गरेको छ । सहारा यूके अवार्ड २०२३ बाट गम बहादुर गुरुङ सम्मानित भएका छन् ।

समाजसेवी सेरा गुरुङलाई ‘सहारा यूके स्पेशल अवार्ड २०२३ गुरुङ प्रदान गरियो । सहारा यूके पूर्व अध्यक्ष कुमार गुरुङले सम्मानित व्यक्तित्वको नाम घोषणा गर्दै उनीहरुको योगदानबारे जानकारी दिएका थिए ।

प्रमुख अतिथी राजदूत आचार्य र अध्यक्ष गुरुङले दोसल्लासहित अवार्ड प्रदान गरे । सहारा यूके सस्थापक अध्यक्ष नबिन गुरुङ,पूर्व अध्यक्ष कुमार गुरुङ,मीनबहादुर गुरुङ ‘साइला’,दिलिप गुरुङले कार्यक्रममा महत्य पूर्ण भूमिका निभएका थिए ।