११ श्रावण २०८१, शुक्रबार
Follow Us

गाडीको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

नेपालब्रिटेन संवाददाता
१६ मंसिर २०८०, शनिबार ०५:१७

काभ्रे- धुलिखेल नगरपालिका वडा न. ११ स्थित (विपि राजमार्ग) पात्लेखेतमा आज बिहान गाडीको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ ।

भकुण्डेबेशीबाट काठमाडौं आउँदै गरेको प्र–१–०१–००१ च ८५९२ नं गाडीको ठक्करबाट स्थानीय यमुनाप्रसाद धितालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीका अनुसार ठक्कर दिएपछि घाइते भएका धिताललाई धुलिखेल अस्पताल लगिएको र निजको उपचारका क्रममा मृत्यु भएको हो ।

धिताल विन्धवासिनी सहकारीमा कार्यरत कर्मचारी रहेको बुझिएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।