७ श्रावण २०८१, सोमबार
Follow Us

युरो कप : आज स्पेन र फ्रान्स भिड्दै

नेपालब्रिटेन संवाददाता
२६ असार २०८१, मंगलवार ०५:५८

काठमाडौँ । युरो कप २०२४ को पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै छन् । खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । जर्मनीमा जारी प्रतियोगितामा स्पेन सबैभन्दा बढी गोल गर्ने टिम हो । स्पेनले जारी प्रतियोगितामा ५ खेल जित्दा ११ गोल गरेको छ भने दुई गोल मात्र खाएको छ ।

फ्रान्सले भने सेमिफाइनल पुग्ने क्रममा अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन । स्पेन चौथो पटक र फ्रान्स तेस्रो पटक युरो च्याम्पियन बन्ने होडमा छन् । फ्रान्स र स्पेनबिच अहिलेसम्म ३६ पटक भिडन्त भएको छ ।

जसमध्ये स्पेनले १६ र फ्रान्सले १३ खेल जितेका छन् । स्पेन र फ्रान्सबिचको विजेताले दोस्रो सेमिफाइनल खेल्ने इङ्ल्याण्ड र नेदरल्याण्ड्सको विजेतासँग उपाधिका लागि भिड्ने छ ।