२९ असार २०८२, आईतवार
Follow Us

एनआरएनए प्रतिनिधिमण्डल र अर्थमन्त्रीबीच भेटघाट

नेपालब्रिटेन डट कम्
२ श्रावण २०८१, बुधबार १३:०२

लण्डन । गैरआवासीय नेपाली संघको एक प्रतिनिधिमण्डलले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल समक्ष भेटघाट गरेको छ ।

संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोको नेतृत्वमा भएको टोली नवनियुक्त अर्थमन्त्री पौडेललाई कार्यकालको सफलताको शुभकामना दिएको छ ।

भेटघाटको क्रममा गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, गैरआवासीय नेपालीहरुको लगानी तथा गैरआवासीय नेपाली संघको अभियानको सुदृढ़ीकरण लगायतका विषयमा छलफल भएको थियो । सो अवसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसी, उपाध्यक्ष रोजिना प्रधान राई, उपमहासचिव सोम सपकोटा, अर्जुन श्रेष्ठ,अतुल कोइराला, हिराधन राई लगायतको सहभागिताको सहभागिता थियो ।

धेरै पढिएको