२९ बैशाख २०८२, सोमबार
Follow Us

श्रीमान-श्रीमती आफ्नै घरमा मृत फेला

नेपालब्रिटेन संवाददाता
१० श्रावण २०८१, बिहीबार ०५:३०

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-५ लटिनाथ चिसापानीमा श्रीमान श्रीमती आफ्नै घरमा मृत फेला परेका छन् ।

६२ वर्षीय केशव भण्डारी र उनकी श्रीमती ५६ वर्षीया अम्बिका भण्डारी बुधबार अपराह्न मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले बताए ।

भण्डारीका अनुसार केशव कोठाभित्र झुण्डिएको अवस्थामा भेटिएका थिए । अम्बिकाको भने धारिलो हतियार प्रहार गरी हत्या भएको जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजालले जानकारी दिए ।