२० आश्विन २०८१, आईतवार
Follow Us

भूतपूर्व गोर्खा आन्दोलन विवादमा पार्न पत्रकारको अन्तरक्रिया, बहिस्कार गर्ने चेतावनी

नेपालब्रिटेन डट कम्
३० भाद्र २०८१, आईतवार १८:३२

लण्डन । वेलायतमा आन्दोलनरत भूतपूर्व गोर्खा संघसँस्थाहरुसंग हुन लागेको एक अन्तरक्रिया कार्यक्रम विवादमा परेको छ।

नेपाल पत्रकार महासंघ यूकेको फर्जी निर्वाचन मार्फत गठित विवादित एउटा समूहले २२ सेप्टेम्बर आइतवार गर्न लागेको भूपू गोर्खा आन्दोलन, उपलब्धि र भावी रणनीति’ विषयको अन्तरक्रिया कार्यक्रममा विवादस्पद समितिलाई वैधानिकता दिने उदेश्यले गर्न लागेको खुलासा भएको छ ।

नेपाल पत्रकार महासंघ यूके अधिवेशन तयारी समितिका संयोजकको तर्फवाट शुक्रवार जारी विज्ञप्तिमा ‘आन्दोलनरत भूपूगोर्खाको समान पेन्सन र अधिकारको माग पुरा गर्न आवाज बुलन्द गर्न नभएर आफ्नो विवादास्पद समितिलाई समाजको वैधानिकता छ भन्ने देखाउन र खादा माला लगाउने एक मात्र उद्देश्य राखेर सो कार्यक्रम आयोजना गर्न लागिएको र आफ्नो निहित स्वार्थ पुरा गर्न भूपूगोर्खा संघ संस्थालाई प्रयोग गर्न लागिएको’ उल्लेख छ ।

विज्ञप्तिमा, बेलायतस्थित भूतपूर्व गोर्खा संघ संस्थाहरुसंग नेपाल पत्रकार महासंघ बेलायतको एउटा समूहले “भूपू गोर्खा आन्दोलन, उपलब्धि र भावी रणनीति” विषयमा २२ सेप्टेम्बर आइतवारका दिन अन्तरक्रियाको आयोजना गर्न लागेको भन्ने समाचारप्रति ध्यानार्कषण भएको जनाइएको छ ।

विज्ञप्तिमा, नेपाल पत्रकार महासंघको गत जेष्ट २३ गतेको पत्रानुसार नेपाल पत्रकार महासंघ बेलायत शाखाको निर्वाचन स्थगन भए पछि फर्जी निर्वाचनको नाटक मन्चन गरि विमला सेनेलाई अध्यक्ष घोषणा गरिएको बारे बेलायतस्थित जनसमुदाय जानकार छँदैछ । उनै सेनेले नेतृत्व गरेको एउटा समूहले नेपाल पत्रकार महासंघ बेलायतको हवाला दिदै बेलायतस्थित भूतपूर्व गोर्खा समुदायलाई समेत गुमराहमा राख्दै आयोजना गर्न लागेको सो अन्तरक्रिया कार्यक्रम आधिकारिक नभएको जानकारी गराइएको छ ।

‘आन्दोलनरत भूपूगोर्खाको समान पेन्सन र अधिकारको माग पुरा गर्न आवाज बुलन्द गर्न नभएर आफ्नो विवादास्पद समितिलाई समाजको वैधानिकता छ भन्ने देखाउन र खादा माला लगाउने एक मात्र उद्देश्य राखेर सो कार्यक्रम आयोजना गर्न लागिएको र आफ्नो निहित स्वार्थ पुरा गर्न भूपूगोर्खा संघ संस्थालाई प्रयोग गर्न लागिएको प्रति हामी दुख व्यक्त गर्दछौं ।’

‘विवादस्पद समूहको आयोजनामा हुने यस्ता अन्तरक्रिया कार्यक्रमले आन्दोलनरत भूपुगोर्खाहरुको आन्दोलन थप कमजोर हुने र चर्को विवादमा पर्न सक्ने प्रति सचेत गराउदछौं । त्यसैले नेपाल पत्रकार महासंघ यूके शाखाको विद्यमान विवाद समाधान भए पछि मात्र यस्ता जनसरोकारसंग अन्तरक्रियामा सहभागी नहुन अनुरोध गरिन्छ । बेलायतस्थित सबै सक्रिय पत्रकारहरु सहभागी हुने वातावरण नभए सम्म जबरजस्ती कार्यक्रमको आयोजना गरिंदा सो अन्तरक्रिया बहिस्कार गर्नुको विकल्प नहुने पनि जानकारी जानकारी गराउदछौं ।’