१४ श्रावण २०८२, बुधबार
Follow Us

महिलालाई नेतृत्वमा पुग्न गाह्रो छः आरजु राणा

नेपालब्रिटेन संवाददाता
५ आश्विन २०८१, शनिबार ०६:३४

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले महिलालाई नेतृत्वमा पुग्न चुनौती रहेको बताएकी छन् । क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले महिलालाई राजनीतिक र संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न अहिले पनि चुनौतीपूर्ण रहेको बताइन् ।

महिला समानता तथा समावेशी सहभागिताबारे कानुनी प्रावधानहरुको व्यवस्था भएको र त्यससम्बन्धी नयाँ मान्यताहरुको विकास भए पनि महिलालाई नेतृत्वमा पुग्न सजिलो नभएको उनको भनाइ थियो ।

लैङ्गिक समानता एवं महिला अधिकारका विषयमा नेपालसहित तेस्रो विश्वका मुलुकहरुले थप समस्या झेल्नुपरिरहेको राणाको भनाइ थियो । हालसम्म संसारमा १० प्रतिशत हाराहारीमा मात्र महिला राष्ट्रप्रमुख र सरकार प्रमुखको भूमिकामा रहेको राणाले बताइन् । यस्तै रोजगारीको ६० प्रतिशत अनौपचारिक क्षेत्रमा मात्र महिला संलग्न रहेको उनले बताइन ।

औसतमा पुरुषभन्दा तीन गुणाभन्दा बढी समय अवैतनिक सेवा र घरेलु काममा महिलाहरु संलग्न हुने गरेको उनको भनाइ छ । कानुनी अधिकारको उपभोग एवं न्यायमा पहुँचका आधारमा पनि महिला संसारमै पछि परिरहेको उनले बताइन् ।

उनले महिलाहरूले विश्वव्यापी रुपमा पुरुषले पाएका कानुनी अधिकारहरुको ६४ प्रतिशत मात्र अधिकार उपभोग गर्न सकेको अवस्था रहेको उल्लेख गरिन् ।
नेपालमा पनि आफूहरुले निरन्तर रुपमा लैङ्गिक समानताका लागि लडिरहेको उदाहरण प्रस्तुत गरेकी थिइन् । सोही लडाईंका कारण संविधानले नै संघीय र प्रादेशिक संसदमा ३३ प्रतिशत र स्थानीय सरकारमा ४० प्रतिशत महिला सहभागिता अनिवार्य गरेको जानकारी राणाले दिइन् ।

संविधान जारी भएको एक दशकमा नेपालले राष्ट्रप्रमुख, सभामुख र प्रधानन्यायाधीशमा महिला पाएको भन्दै त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताइन् ।

कानुनी प्रावधानकै कारण नेपालको निजामती सेवामा २८ प्रतिशत तथा सुरक्षा निकायमा पनि महिला सहभागिता बढ्दै गएकी उनले बताइने । निजी क्षेत्रमा २९ प्रतिशतभन्दा बढी महिला व्यवस्थापक रहेको राणाको भनाइ छ ।

बैठकमा विश्वका १६ देशका महिला विदेशमन्त्री सहभागी छन् ।

धेरै पढिएको