२७ मंसिर २०८१, बिहीबार
Follow Us

बलिवुड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ सय करोड क्लबमा

नेपालब्रिटेन संवाददाता
१९ कार्तिक २०८१, सोमबार १३:४३

काठमाडौँ । बलिवुडका दुई चर्चित फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ सय करोड क्लबमा प्रवेश गरेका छन् । दुवै फिल्म रिलिजको तेस्रो दिनमा सय करोड क्लबमा प्रवेश गरेका हुन् ।

शुक्रबारदेखि विश्वभर रिलिज भएका दुवै फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन शानदार कमाई गरेका थिए ।

तीन दिनमा अजय देवगनको फिल्म सिंघम अगेनले १२१ करोड कमाई गरेको छ । यस फिल्मले पहिलो दिन ४३.५ करोड कमाएको थियो भने दोस्रो दिन ४२.५ र तेस्रो दिन आइतबार ३५ करोड कमाएको छ । ३५० करोडको लागतमा बनेको यो फिल्मलाई नाफा कमाउन मुश्किल हुने विश्लेषण गरिएको छ । फिल्मको पहिलो दिनको तुलानामा कमाई घट्दै गएकाले यस्तो विश्लेषण गरिएको बताइएको छ ।

त्यस्तै कार्तिक आर्यन स्टारर फिल्म भूल भुलैया ३ ले तीन दिनमा १०६ करोड कमाई गरेको छ । यस फिल्मले पहिलो दिन ३५.५ करोड कमाई गरेको थियो भने दोस्रो दिन ३७ करोड र तेस्रो दिन ३३.५ करोड कमाई गरेको छ । १५० करोडको लगानीमा बनेको यो फिल्म कार्तिक आर्यनको अहिलेसम्मकै ब्लकबस्टर बन्ने देखिएको छ ।

सिंघम अगेन निर्देशक रोहित शेट्टीको सफल फ्रेन्चाइज हो भने भुल भुलैया ३ अनिस बज्मीले निर्देशन गरेका हुन् ।