काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज बिहिबार भएको खेलमा सुदूरपश्चिमले काठमाडुलाई ७३ रनले हराएको छ ।
नरेनको ५ विकेटमा सुदूरपश्चिमले काठमाण्डुलाई ७३ रनले हराउन सफल भएको हो । युवा बलर नरेन साउदले ५ विकेट लिएपछि सुदूरपश्चिम रोएल्सले एनपीएलमा लगातार दोस्रो जित निकाल्न सफल भएको हो ।
नरेनले ५ विकेट लिएपछि १६८ रनको लक्ष्य पछ्याएको काठमाण्डु गुर्खाज १५.५ ओभरमा ९४ रनमै अलआउट भएको हो । नरेन जारी एनपीएद्यमा एकै खेलमा ५ विकेट लिने दोस्रो बलर तथा पहिलो नेपाली खेलाडी बन्न पनि सफल भएका छन ।
यसअघि चितवन राइनोजका पाकिस्तानी बलर सोहल तनविरले काठमान्डु विरुद्ध नै ५ विकेट लिएका थिए ।
नरेन यू–१९ एसिया कप खेलेर हिजो मात्रै काठमाण्डु आइपुगेका हुने र भोलीपल्ट एनपीएलमा डेब्यु गर्दै सानदार प्रदर्शन गर्दै ५ विकेट लिन सफल भएका हुन ।