३२ असार २०८२, बुधबार
Follow Us

माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्जहरू, कुन प्रदेशमा को ?

नेपालब्रिटेन संवाददाता
२१ माघ २०८१, सोमबार १४:४६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सात प्रदेश इन्चार्जहरू तोकेको छ । आज सोमबार अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसको माओवादी पदाधिकारी बैठकले प्रदेश इन्चार्जहरू तोक्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन ।

जस अनुसार कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेल, मधेश प्रदेशमा उपमहासचिव मातृका यादव, बागमती प्रदेशमामा सचिव हितमान शाक्य, गण्डकी प्रदेशमा सचिव दिनानाथ शर्मा, लुम्बिनीमा सचिव चक्रपाणी खनाल, कर्णाली प्रदेशमास्थायी कमिटी कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेल इन्चार्ज तोकिएको उनले जानकारी दिएका छन ।

यस्तै, विशेष प्रदेश इन्चार्जमा जयपुरी घर्ती, सार्क प्रवासमा लक्ष्मण पन्त, यूरोप अमेरिका इन्चार्जमा राम कार्की र प्रवेश एसियामा ओम शर्मा तोकिएका छन् ।

धेरै पढिएको