१ श्रावण २०८२, बिहीबार
Follow Us

६ महिनाका लागि दीपक थापा प्रहरीको नयाँ आइजिपी बन्ने

नेपालब्रिटेन संवाददाता
४ चैत्र २०८१, सोमबार ०५:५०

काठमाडौं । सरकारले अन्तिम दिन मात्रै नयाँ प्रहरी महानिरीक्षकको टुंगो लगाउने भएको छ । सोमबारदेखि आइजिपी वसन्तबहादुर कुँवरले अवकाश पाउँदैछन् । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ आइजिपीको टुंगो लगाउने भएको छ ।

३१औँ आइजिपीका लागि एआइजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङबिच प्रतिस्पर्धा छ । यो ब्याचबाट हुने आइजिपी १८ भदौ ०८२ सम्म करिब ६ महिना प्रहरी नेतृत्वमा रहनेछन् । त्यसपछि ३० वर्षे सेवा अवधिका कारण अवकाश हुनेछन्। तर ३० वर्षे हट्ने गरी ल्याइएको विधेयक संसद्‌बाट पारित भएमा सेवा अवधि थप हुन सक्नेछ। विधेयक संसद्‌मा विचाराधीन छ।

हाल सीआईबी प्रमुख थापाले यसअघि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानिपोखरी र एआईजीमा बढुवा भएपछि प्रशासन विभाग प्रमुखका रूपमा काम गरेका छन्। थापाले प्रहरी निरीक्षक हुँदा इलाका प्रहरी कार्यालय बनेपा, इलाका प्रहरी कार्यालय गरुडा, रौतहटको इन्चार्ज भएर काम गरेका थिए। नेपाल प्रहरी स्कुल साँगा, प्रहरी स्कुल दिपायल, इलाका प्रहरी कार्यालय मैकोट रुकुम, इलाका प्रहरी कार्यालय कात्तिके देउराली र हेडक्वार्टरको कर्मचारी शाखामा रहेर काम गरेको थिए।

नयाँ आइजिपीबारे समयमै निर्णय नहुँदा अस्वस्थ चलखेल हुने गरेको छ । सोमबार बेलुकादेखि आइजिपी कुँवरसहित नौ उच्च अधिकारीले एकैपटक अवकाश पाउनेछन् । एआइजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत, जनक भट्टराई तथा डिआइजीहरू भोला रावल, अर्जुन चन्द र ध्रुवराज राउतले ३० वर्षे सेवाहदका कारण अवकाश पाउन लागेका हुन् ।

धेरै पढिएको