२४ असार २०८२, मंगलवार
Follow Us

माधव नेपालद्वारा मेयर बालेनको प्रशंसा

नेपालब्रिटेन संवाददाता
१८ चैत्र २०८१, सोमबार १२:४०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई धन्यवाद दिएका छन् । पार्टीनिकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजारको जरिवाना पत्र काटेर बालेनले हिम्मत देखाएको बताएका हुन् ।

उनले भने, ‘काठमाडौँ महानगरपालिकाका मेयर बालेनलाई धेरै धेरै धन्यवाद छ, तपाईँले हिम्मत देखाउनुभएको छ । ७ लाख ९३ हजारको जरिवाना पत्र काटेर पठाउनुभएछ । बरु तपाईँले अर्को चिठ्ठी पठाउनुपर्थ्यो प्रशंसा पत्र समाजवादी मोर्चा नेपाल भनेर, त्यसले एउटा पनि फोहोर गरेन । सबै सफा गर्‍यौँ ।’

उनले समाजवादी मोर्चाले गरेको कार्यक्रमले नेपालको राजनीतिमा नयाँ सन्देश दिएको सुनाएका छन् ।

उनले थपे, ‘हामीले निर्देशन पनि दिएका थियौँ कुनै चिज फोहोर नरहोस्, सानो कागजको टुक्रा, पानी खाएको बोतल पनि नरहोस् भनेका थियौँ, हाम्रो कार्यकर्ताले त्यो काम गरे, हाम्रो कार्यक्रम सभ्य, सुसंस्कृत, संस्कारयुक्त, शान्तिपूर्ण ढंगले सम्पन्न भयो। मान्छेको उपस्थिति देखेर सिंगो देशलाई नै तरंगित गर्‍यो । नेपालको राजनीतिमा पनि सन्देश दियो ।’

धेरै पढिएको