११ भाद्र २०८२, बुधबार
Follow Us

बीपीको शालिकमा कालोमोसो दलेको फोटो भाइरल भएपछि राप्रपाले माफी माग्दै भन्योः भवितव्य घटना भयो

नेपालब्रिटेन संवाददाता
२४ चैत्र २०८१, आईतवार १३:१९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित राजावादी समूहले हिजो शनिबार साँझ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको शालिकमा कालोमोसो दलेकोमा माफी मागेको छ । उसले भनेको छ– घटना भवितव्य हो ।

बीपीको शालिकमा कालोमोसो दलेको फोटो भाइरल भएपछि अहिले राप्रपाको चौतर्फी आलोचना भइरहेको छ। उक्त फोटो भाइरल भएर व्यापक आलोचना हुन थालेपछि राप्रपाको नगर कार्यसमिति नेपालगञ्जले आज एक विज्ञप्तिमा जारी गर्दै माफी मागेको हो ।

हिजो राजावादीहरूले बाँके-२ का सांसद एवं राप्रपा महामन्त्री धवलशमशेर राणाको रिहाइको माग गर्दै राँके जुलुस निकालेका थिए । सोही क्रममा उनीहरूले बीपी कोइरालाको नेपालगञ्जस्थित शालिकमा कालोपोत्ने (कालो कपडाले ढाक्ने) सहितका हर्कत गरेका थिए ।

राप्रपाले ‘उक्त भवितव्य घटनाबाट कुनै पनि राजनीतिक दल र व्यक्तिको आस्थाप्रति ठेस पुगेकोमा हामीलगायत नगर कार्यसमिति क्षमाप्रार्थी छौँ’ भनेको छ। राप्रपाको नगर कार्यसमितिका अध्यक्ष हुकुम सिंह केसीले आफ्ना नेताहरूको रिहाइको माग राखेर गरिएको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरेपछि उक्त घटना भएको दाबी गरेका छन् ।

धेरै पढिएको