१ भाद्र २०८२, आईतवार
Follow Us

स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द हुँदा फोन, इन्टरनेट र रेल सेवा अवरूद्ध

नेपालब्रिटेन संवाददाता
१६ बैशाख २०८२, मंगलवार ०२:५१

स्पेन र पोर्चुगलमा व्यापक रूपमा विद्युत सेवा अवरूद्ध भएको छ । विद्युत् आपूर्तिमा समस्या हुँदा मोबाइल फोन, इन्टरनेट नेटवर्क, रेल सेवा अवरूद्ध भएका छन् भने मानिसहरु लिफ्टमा फसेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले राज्यको विद्युत् सञ्जाल सञ्चालकको मुख्यालयमा गएर समस्याको जानकारी लिएका छन् । स्पेन सरकारले व्यापक रूपमा भएको विद्युत् कटौतीको उद्गमस्थल पत्ता लगाउन लागिपरेको जनाएको छ ।

स्पेनी विद्यूत् सेवा प्रदायक रेड इलेक्ट्रिकाले देशमा विद्युत सुचारु गर्न ६ देखि १० घण्टा लाग्न सक्ने भन्दै विद्युत कटौतीको कारणबारे अनुमान नगर्न आग्रह गरेको छ । पोर्चुगलको विद्यूत प्रदायक संस्था आरईएनले इबेरियन प्रायद्वीपका सबै क्षेत्र विद्युत अवरूद्धताबाट प्रभावित भएको बताएको छ ।

दक्षिण पश्चिम फ्रान्समा पनि केही समय विद्युतमा अवरोध आएको र सेवा प्रभावित भएको समाचारमा उल्लेख छ ।

धेरै पढिएको