१ श्रावण २०८२, बिहीबार
Follow Us

एनआरएनए जापानमा सदस्यता वितरण उत्साहजनक, एमआईएसमा करिब ३५ सय आवेदन

नेपालब्रिटेन संवाददाता
४ जेष्ठ २०८२, आईतवार २३:१३

लन्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले सदस्यता वितरण अभियान तीव्र बनाएको छ। अध्यक्ष नविन न्यूरेका अनुसार  सोमबार बिहानसम्म करिब ३,५०० नेपालीले सदस्यता लिन अनलाइन सदस्यता व्यवस्थापन प्रणाली (एमआईएस) मार्फत आवेदन भरि सकेका छन्। 

न्यूरेका अनुसार सदस्यता आवदेनको अन्तिम मिति जुन १० रहेको छ। एनआरएनए जापानले १२ वटा क्षेत्रीय समितिहरूको अधिवेशन जुन २९ सम्भाव्य मितिसम्म सम्पन्न गर्ने तयारी गरेको छ।

उनले “१५ हजार सदस्यता पुर्‍याउने लक्ष्य लिएका छौँ, तर केन्द्रमा चलेको विवादले यसलाई चुनौतीपूर्ण बनाएको छ,” भन्दै जापानस्थित नेपाली समुदायलाई सक्रिय भएर नयाँ सदस्यता लिन आग्रह गरे। 

संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन मिति जुलाई २० तोकिएको छ। 

धेरै पढिएको