२८ असार २०८२, शनिबार
Follow Us

महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला

नेपालब्रिटेन संवाददाता
११ जेष्ठ २०८२, आईतवार १४:०३

काठमाडौं । तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्‍याउने रोशनी शाही मृत अवस्थामा भेटिएकी छन । उनी आज (आइतबार) भक्तपुरमा मृत अवस्थामा भेटिएकी हुन ।

भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यैपानले जानकारी दिएका छन ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ भने श्रीमान विराटनगरमा रहेकाले आउन लागेको बताइएको प्रहरीले जनाएको छ ।

धेरै पढिएको