२४ असार २०८२, मंगलवार
Follow Us

एसियन कप छनोट: लाओससँग भिड्दै नेपाल

नेपालब्रिटेन संवाददाता
१५ असार २०८२, आईतवार ०६:४१

काठमाडौं । एएफसी महिला एसियन कप छनोट खेल आजदेखि उज्वेकिस्तानमा शुरु हुँदैछ । नेपालले, आज नै लाओससँग खेल्दै छनोट यात्रा शुुरु गर्नेछ । खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे शुरु हुनेछ । यो नेपाली महिला फुटबल टिमको एक सयौं अन्तराष्ट्रिय खेल पनि हो ।

छनोटमा नेपाल, उज्वेकिस्तान, लाओस र श्रीलङ्का गरी चार टिमको सहभागिता छ । शनिबार भएको प्रि–म्याच कन्फरेन्समा सबै टिमले शीर्ष स्थानमा रहने लक्ष्य रहेको उल्लेख गरे । नेपाली टिमका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले, प्रतियोगितामा सबैले राम्रो फुटबल खेलुन् भन्ने चाहना रहेको प्रतिक्रिया दिए ।

डी वाइल्डको नेपाली महिला टिमको प्रशिक्षकका रुपमा लाओससँगको खेल डेब्यु हुनेछ । महिला फुटबलमा नेपाल र लाओस पहिलोपटक आमनेसामने हुन लागेका हुन् । फिफा वरियताका आधारमा लाओस नेपालभन्दा पछि छ ।

नेपाल एक सय र लाओस एक सय सातौं स्थानमा छ । तालिकाको शीर्ष स्थानमा रहने टिम मात्र अर्को वर्ष अस्ट्रेलियामा हुने फाइनल चरणका लागि छनोट हुनेछ । पहिलो भए फिफा विश्वकप र ओलम्पिक छनोट खेलको पनि बाटो खुल्नेछ ।

धेरै पढिएको