२४ असार २०८२, मंगलवार
Follow Us

धनगढीमा अविरल वर्षापछि घर डुबानमा

नेपालब्रिटेन संवाददाता
१७ असार २०८२, मंगलवार ०५:०९

कैलाली । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा अविरल वर्षापछि घर डुबानमा परेर फसेका आठ जनालाई प्रहरीले उद्धार गरेको छ ।

धनगढी उपमहानगरपालिका–७ को बेली गाउँका चार जना र धनगढी–१३ को श्रीलंकाका चार जना गरी आठ जनाको उद्धार गरिएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै एक हजार घरमा पानी पसेको छ ।

धनगढी उपमहानगरपालिका– १, २, ३, ४, ५, ७, ८ र १० नम्बर वडा वर्षाका कारण प्रभावित भएका छन । लगातारको भारी वर्षाको कारण कञ्चनपुरलगायत आसपासका क्षेत्रहरू डुबानमा छन । मोहना नदीमा बाढी बढ्दो क्रममा छ ।

उक्त नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । अहिले मोहना नदीमा पानीले बाढीको सतह सतर्कता तह नाघेको छ । डुवानमा परेका केहीको उद्धार गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन र परिचालन हुन निर्देशन दिएका छन् ।

धेरै पढिएको