लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनपछि नेतृत्वमा दाबी गर्दै आएका जापानस्थित व्यवसायी महेश कुमार श्रेष्ठले पत्रकार सम्मेलनको आयोजना गरेका छन्।
संघको बेल्जियम, नेदरल्याण्ड, कतार र यूएई लगायतका देशमा राष्ट्रिय महाधिवेशन हुन नसकेपछि उनले पत्रकार सम्मेलन गर्न लागेका हुन्। ती देशका राष्ट्रिय समितिका अध्यक्षहरूको कार्यकाल जुलाई महिनामा समाप्त हुँदै गर्दा पनि महाधिवेशनको तयारी नगरेपछि गैरआवासीय नेपाली संघले महाधिवेशन सम्पन्न गर्न समिति गठन गरेको थियो।
पत्रकार सम्मेलनमा एनसीसी अध्यक्षहरूले महाधिवेशन सम्पन्न गर्न नसक्नुका कारणबारे तथा अन्य समसामयिक विषयमा श्रेष्ठसँग आफ्ना धारणा राख्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
Date: 2nd July 2025
Time : 6 pm ( Nepal Time)
Zoom ID : : 231 279 7538
Password: 2024