काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच आज पनि भेटवार्ता भएको छ ।
सिंहदरवारमा उनीहरूबीच सोमबार दिउँसो भेटवार्ता भएको हो । भेटका क्रममा उनीहरूबीच पछिल्लो समसामयिक राजनीतिबारे छलफल भएको जनाइएको छ ।
विशेष गरी समाजवादी मोर्चा, संसद् र बागमती प्रदेशमा देखिएको पछिल्लो सत्ता विवादबारे छलफल भएको बताइएको छ ।