४ आश्विन २०८२, शनिबार
Follow Us

कांग्रेस सभापति देउवाको स्वास्थ्य अवस्था सुधारोन्मुख

नेपालब्रिटेन संवाददाता
४ आश्विन २०८२, शनिबार ०६:३६

काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको छ ।

कार्यसम्पादन समितिको बैठकपछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टी सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाको स्वास्थ्यमा क्रमिक सुधार देखिएको जानकारी चिकित्सकहरुले गराएको बताएका हुन् ।

उनले सभापति देउवाको गर्धनभन्दा माथि टाउकोमा १२ वटा टाँका लगाएको बताए । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले सभापति देउवा सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा रहेको जानकारी गराएका थिए ।

भदौ २४ गते जेनजीको प्रदर्शनका क्रममा घरमै कुटपिट हुँदा देउवा दम्पती गम्भीर घाइते भएका थिए ।

धेरै पढिएको