काठमाडौं । प्रहरीले काठमाण्डूबाट ७ थान पेस्तोल र ३३ राउण्ड गोलीसहित एक जना पक्राउ गरेको छ ।
काठमाण्डू महानगरपालिका–१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट पेस्तोल ७ थान, म्याग्जिन ६ थान, एसएलआरमा प्रयोग हुने गोली ३३ राउण्ड, ह्याण्ड सेटको ब्याट्री १ थान लगायतका सामान सहित एक जना लाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने उदयपुरगढी गाउँपालिका–८ घर भएका ३० वर्षीय हिराबहादुर मगर रहेको प्रहरीले जनाएको छ । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
उक्त पार्किङ स्थलमा हिरा बहादुरले पार्किङ गरी राखेको बागमती प्रदेश ०१–००२ प ६४४९ नम्बरको ट्याक्सीमा विभिन्न हातहतियार रहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।