८ आश्विन २०८२, बुधबार
Follow Us

पहिरोमा परी मामाघर जाँदै गरेका २ बालिका बेपत्ता

नेपालब्रिटेन संवाददाता
८ आश्विन २०८२, बुधबार १२:३७

सिन्धुपाल्चोक । जिल्लाको बलेफी गाउँपालिका-१ जलबिरेस्थित बलेफी-ढाडे भित्री सडक खण्डमा आज दिउँसो पहिरोमा परी दुई बालिका बेपत्ता भएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका-२ भोटे फुल्पिङ घर भई जुगल गाउँपालिका-२ गोल्छेमा रहेको मामाघर जाँदै गरेका ज्याङजेङ लामाकी छोरी १७ वर्षीया फूलमाया लामा र निजकी बहिनी पाँच वर्षीया मनमाया लामा पहिरोमा परेर बेपत्ता भएको प्रहरी उपरीक्षक तथा जिल्ला प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।

आज दिउँसो करिब ४:४५ बजे सडकमाथिबाट लेदो सहितको पहिरोमा परी उनीहरू बेपत्ता भएका हुन् । घटनापछि इलाका प्रहरी कार्यालय जलबिरेबाट प्रहरी निरीक्षक गजेन्द्र रावतको नेतृत्वमा १० जनाको प्रहरी टोली परिचालन भई खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

धेरै पढिएको