२८ श्रावण २०८३, बिहीबार
Follow Us

बेलायतमा रेल दुर्घटनाः दुई गम्भीर घाइते, १८ जना घाइते

नेपालब्रिटेन संवाददाता
२८ श्रावण २०८३, बिहीबार २०:४३

बेलायतको ईस्ट ससेक्सस्थित लुइस नजिक रेल पटरीबाट खस्दा दुई जना गम्भीर घाइते भएका छन् भने थप १८ जना घाइते भएका छन्।

घटना बिहीबार स्थानीय समयअनुसार दिउँसो करिब ४ बजे भएको हो। दुर्घटनाका बेला रेलमा करिब १५० जना यात्रु सवार रहेको बताइएको छ।

दुर्घटनापछि यात्रुहरूमा ठूलो त्रास फैलिएको थियो। रेलमा आफ्नी छ वर्षीया छोरी माबेलसँग यात्रा गरिरहेका रोब ब्राडलीले बीबीसीसँग कुरा गर्दै डिब्बा हल्लिन थालेपछि अचानक उफ्रिएको जस्तो महसुस भएको बताए। उनका अनुसार घटनास्थलमा अवस्था निकै अस्तव्यस्त थियो।

लुइसका चार्ली होब्डेनले आफू यात्रा गरिरहेको डिब्बा ढल्किएपछि भुइँमा घिसारिँदै गएको अनुभव सुनाएका छन्। अर्की यात्रु श्यानन जोन्सले सुरुमा रेलले कसैलाई ठक्कर दिएको हुनसक्ने आशंका गरिएको र त्यसपछि आपत्कालीन सेवामा फोन गर्न यात्रुहरूले चिच्याएको बताइन्।

घटनास्थलका तस्बिरहरूमा पल्टिएको रेलको डिब्बामाथि मानिसहरू उभिएको तथा रेलको ट्र्याकसमेत बाङ्गिएको देखिएको छ।

आपत्कालीन सेवा तथा उद्धार टोलीले घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार र उपचारमा काम गरेका छन्। रेल पटरीबाट किन खस्यो भन्नेबारे भने तत्काल कुनै निष्कर्ष आएको छैन। नेटवर्क रेलले दुर्घटनाको कारण पत्ता लगाउन अझै समय लाग्ने जनाएको छ।ईस्ट ससेक्समा रेल दुर्घटनास् दुई गम्भीर घाइते, १८ जना घाइते

बेलायतको ईस्ट ससेक्सस्थित लुइस ९ीभधभक० नजिक रेल पटरीबाट खस्दा दुई जना गम्भीर घाइते भएका छन् भने थप १८ जना घाइते भएका छन्।

घटना बिहीबार स्थानीय समयअनुसार दिउँसो करिब ४ बजे भएको हो। दुर्घटनाका बेला रेलमा करिब १५० जना यात्रु सवार रहेको बताइएको छ।

दुर्घटनापछि यात्रुहरूमा ठूलो त्रास फैलिएको थियो। रेलमा आफ्नी छ वर्षीया छोरी माबेलसँग यात्रा गरिरहेका रोब ब्राडलीले बीबीसीसँग कुरा गर्दै डिब्बा हल्लिन थालेपछि अचानक उफ्रिएको जस्तो महसुस भएको बताए। उनका अनुसार घटनास्थलमा अवस्था निकै अस्तव्यस्त थियो।

लुइसका चार्ली होब्डेनले आफू यात्रा गरिरहेको डिब्बा ढल्किएपछि भुइँमा घिसारिँदै गएको अनुभव सुनाएका छन्। अर्की यात्रु श्यानन जोन्सले सुरुमा रेलले कसैलाई ठक्कर दिएको हुनसक्ने आशंका गरिएको र त्यसपछि आपत्कालीन सेवामा फोन गर्न यात्रुहरूले चिच्याएको बताइन्।

घटनास्थलका तस्बिरहरूमा पल्टिएको रेलको डिब्बामाथि मानिसहरू उभिएको तथा रेलको ट्र्याकसमेत बाङ्गिएको देखिएको छ।

आपत्कालीन सेवा तथा उद्धार टोलीले घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार र उपचारमा काम गरेका छन्। रेल पटरीबाट किन खस्यो भन्नेबारे भने तत्काल कुनै निष्कर्ष आएको छैन। नेटवर्क रेलले दुर्घटनाको कारण पत्ता लगाउन अझै समय लाग्ने जनाएको छ।

धेरै पढिएको