काठमाडौँ । कांग्रेसले विशेष महाधिवेशनका बेला गरिएको व्यवस्थालाई आधार मानेर १५ औं महाधिवेशनका प्रतिनिधिहरूका लागि आवासको व्यवस्था मिलाउने तयारी गरेको छ । महाधिवेशनका लागि गठन गरिएको आवास व्यवस्थापन समितिले विशेष महाधिवेशनका बेला गरिएको व्यवस्थालाई आधार मानेर प्रतिनिधिहरूका लागि आवासको व्यवस्था मिलाउने तयारी कांग्रेसको छ ।
समितिका सदस्य लेखनाथ पोख्रेलले भने, ‘विशेष महाधिवेशनको बेला गरिएको व्यवस्थापनलाई आधार मानेर १५ औं महाधिवेशनका प्रतिनिधिहरूका लागि आवासको व्यवस्था मिलाइरहेका छौं ।’ समिति सदस्य केन्द्रीय सदस्य नारायण भट्टराईले महाधिवेशन प्रतिनिधिहरूका लागि काठमाण्डूको सुन्धारा, ठमेल, बागबजार, सिनामंगल, गौशालालगायतका क्षेत्रका होटल बुक गरिने जानकारी दिएका छन ।
भट्टराईले भनेका स्थानका होटलहरू अपुग भए आवश्यकताअनुसार कलंकी र गंगबु क्षेत्रका होटल पनि बुक गरिने पोख्रेलले जानकारी दिएका छन । उनका अनुसार समितिमा रहेका सदस्यहरू अधिवेशनका लागि गृहजिल्लामा भएका कारण होटलहरू बुक भने भइनसकेको पनि बताए ।
उनले भने, ‘हामी सबै जिल्लातिरै छौं । होटलको व्यवस्थापबारे भर्चुअल बैठक भएको छ, ‘होटल व्यवसायीहरूसँग कुराकानी भएको छ । काठमाडौँ फर्किएपछि थप कुराकानी हुन्छ ।’