१५ बैशाख २०८१, शनिबार
Follow Us

सन्दिप बेच्नमै बसेर सकिनेभो आईपीएल

नेपालब्रिटेन संवाददाता
२३ बैशाख २०७५, आईतवार ०४:५२

दिल्ली । दिल्ली डेयरडेभिल्स इन्डियन प्रिमियर लिगको प्लेअफ पुग्ने सम्भावना लगभग समाप्त भएको छ । शनिबार सनराइजर्स हैदराबादले दिल्लीलाई ७ विकेटले पराजित गरेसँगै दिल्ली प्लेअफमा पुग्ने गणितिय सम्भावना मात्र कायम भएको हो । दिल्लीले प्रस्तुत गरेको १ सय ६४ रनको लक्ष्य हैदराबादले १ बल बाँकी छँदा प्राप्त गर्यो ।
दिल्लीका लागि नेपालका युवा स्पिनर सन्दीप लामिछाने फेरी एकपटक बेन्चमै सिमित रहे । ओपनरद्वय एलेक्स हेल्स र शिखर धवनले घरेलु टोलीलाई उत्कृष्ट सुरुवात दिलाए ।
पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धा्रित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन जोडेको थियो । फर्ममा रहेका युवा ओपनर पृथ्वी सअले आक्रमक अर्धशतक बनाउने क्रममा ६५ रन जोडे ।
लिगको १० खेलमा ३ जित दर्ता गरेको दिल्ली प्लेअफमा पुग्न अन्य खेलको नतिजा पनि कुर्नुपर्ने भएको छ । सनराइजर्स भने प्लेअफ नजिक पुगेको छ ।