विराटनगर । विराटनगर-१३ स्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयको पर्खालमा बम विष्फोट भएको घटनामा संलग्न रहेको अभियोगमा थप एकजनालाई पक्राउ गरिएको छ।
मोरङको बूढीगंगा गाउँपालिका-२ बस्ने ६२ वर्षीय सागर राई भन्ने सुरेशकुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उनलाई विराटनगर-१५ स्थित छाला उद्योग अगाडिबाट पक्राउ गरिएको हो।
उनलाई जिल्ला अदालत मोरङमा बिहीबार पेश गरिएको बताइएको छ। वैशाख ४ गते राति भएको सो विष्फोटको घटनामा यसअघि नै प्रहरीले दुई जनालाई पक्राउ गरी आवश्यक कारबाही सुरु गरेको छ।
रासस