३२ असार २०८२, बुधबार
Follow Us

काङ्ग्रेसले काङ्ग्रेसलाई राम्रो देख्नुपर्छ ;; प्रवक्ता शर्मा

nepalbritain news
१० कार्तिक २०७५, शनिबार ०२:५९

बनियानी – नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनताको प्यारो हुन काङ्ग्रेसले काङ्ग्रेसलाई राम्रो देख्नुपर्ने बताउनुभएको छ ।

काङ्ग्रेस शिवसताक्षी नगर समन्वय समितिले शुक्रबार यहाँ आयोजना गरेको ‘दशैँ, तिहार एवं छठ पर्वको शुभकामना तथा ज्येष्ठ क्रियाशील सदस्य सम्मान कार्यक्रम’मा उहाँले काङ्ग्रेसले काङ्ग्रेसलाई राम्रो नदेखेसम्म जनताको प्यारो हुन नसक्ने बताउनुभयो ।

प्रवक्ता शर्माले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिले जसरी नै शेरबहादुर देउवा र रामचन्द्र पौडेल मिल्नुपर्नेमा जोड दिनुभयो । “एकअर्काको आलोचना नगरी टीम स्पिरिट बनाएर अघि बढे काङ्ग्रेस बलियो पार्टी बन्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा १७० जना ज्येष्ठ क्रियाशील सदस्यलाई सम्मान गरिएको थियो । नगर संयोजक पर्शुराम ढुङ्गानाको सभापतित्वमा भएको कार्यक्रममा काङ्ग्रेस महासमिति सदस्य देउमान थेवे, भक्ति सिटौला, काङ्ग्रेस नेता ओम सरावगीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
रासस

धेरै पढिएको