२१ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रतिनिधिसभाको बैठक पुनः स्थगित, सभामुखमा जुटेन सहमति

नेपालब्रिटेन संवाददाता
२७ पुष २०७६, आईतवार ०७:०३

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सभामुखको उमेदवारका विषयमा कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक फेरि पनि स्थगित भएको छ । सहमतिको प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहानैदेखि शीर्ष नेताहरुबीच छलफल भएको थियो । छलफलमा उपसभामुख शिवमाया तुम्बाहाङ्फे पनि सहभागी थिइन् ।

तर, कुरा नमिलेपछि आइतबार दिउँसो १ बजे का लागि बोलाइएको बैठक सुचना टाँस गरि आउँदो माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ । सुचना टाँस गरेर प्रतिनीधिसभा बैठक स्थागित गरिएको यो तेस्रो पटक हो ।

नेकपामा उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा गराउने प्रयास भइरहेपनि उनले अस्वीकार गर्दै आएकी छन् । शनिबार बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाम्फेलाई पदबाट राजीनामा दिन र सभामुख निर्वाचनको बाटो खोल्न भनेको थियो । तर, तुम्बाहाम्फेले सचिवालयको निर्णयलाई चुनौती दिँदै आफूले उपसभामुखबाट राजीनामा नदिने अडान राख्दै आएकी छन् ।