२१ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायती राजदूत इरानमा पक्राउ, अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन

नेपालब्रिटेन संवाददाता
२८ पुष २०७६, सोमबार ०४:२३

तेहरान । युक्रेनी यात्रुवाहक विमान खसालिएको विरोधमा भएको तहेरानमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा इरानका लागि बेलायती राजदूत पक्राउ परेका छन् । राजदूत रब मकेयरलाई तीन घण्टा नियन्त्रणमा लिइएको थियो । घटनालाई ब्रिटेनले अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन भनेको छ ।

विमान दुर्घटनामा ज्यान गुमाएका मानिसहरूको सम्झनामा आयोजित कार्यक्रममा राजदूत सहभागी भएको बुझिएको छ । पछि उक्त कार्यक्रम सरकार विरोधी प्रदर्शनमा परिणत भएको थियो । त्यहाँबाट दूतावास फर्किन लागेका राजदूत मकेयर कपाल काट्नका लागि एउटा सलुनमा रोकिँदा पक्राउ परेका थिए ।

ब्रिटेनका विदेशमन्त्री डोमिनिक राबले तेहरानमा आफ्ना राजदूतलाई विना कारण पक्राउ गर्नु अन्तर्राष्ट्रिय कानूनको ठाडो उल्लंघन भएको बताएका छन् । तर इरानी सरकारले उनलाई सरकार विरोधी प्रदर्शनकारीहरूलाई भड्काएको आरोप लगाएको छ ।