२६ बैशाख २०८१, बुधबार
Follow Us

बिहेमा सहभागी हुन भारत गएका नेपाली सवार गाडी दुर्घटना, २ को मृत्यु १७ घाइते

sarusaru
१६ माघ २०७६, बिहीबार ०४:४२

काठमाडौं। नेपालबाट बिहेमा सहभागी हुन भारत गएका नेपालीहरु सवार गाडी दुर्घटना हुँदा २ जनको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । पश्चिम बंगाल राज्यको जलपाइगुडी जिल्लाको नागाराकाटा ब्लक स्थित घाटिया सेतुको नजिकै दुई गाठीको ठक्करमा काका भतिजीको मृत्यु भएको पश्चिम बंगालबाट प्रकाशित हुने अखबार प्रभात खबरले लेखेको छ ।

दुर्घटना बुधबार दिउँसो ३ बजेतिर भएको समाचारमा उल्लेख छ । मृतकहरु झापाको सुरुंगाका ५० वर्षका दीपज्योती ढकाल र उनकी भतिजी ४२ वर्षकी भुना ढकाल रहेको जनाइएको छ । दुर्घटनामा दुवै गाडीका १९ जना घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि लैजाँदै गर्दा दुई जनाको बाटोमै ज्यान गएको समाचारमा उल्लेख छ । नेपालीहरु झापाबाट भारत–भूटान सीमा नजिकै जयगाँउमा आफन्तको बिहेमा सहभागी हुन जाँदै गरेको दुर्घटनामा बच्न सफल नीरा भेटवालले बताइन् ।
डिसी नेपाल