३० बैशाख २०८१, आईतवार
Follow Us

नेपाल भ्रमण वर्ष २०२० स्थगित , २०२२ मा मनाइने

नेपालब्रिटेन डट कम्
१८ फाल्गुन २०७६, आईतवार १९:०२

काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष स्थगित गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको हो ।

सरकारका एक मन्त्रीका अनुसार कोरोना भाइरसको संक्रमण विश्वभर बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी भ्रमण वर्ष स्थगित गरिएको हो । अब सरकारले अर्को सूचना जारी नभएसम्मका लागि भ्रमण वर्ष स्थगित गर्दै अन अराइभल भीसा समेत नदिने निर्णय गरेको छ ।

विशेषगरी छिमेकी मुलुक चीनमा कोरोना भाइरसको संक्रमण देखिएकाले सीमामा कडा निगरानी गरिएको छ । विश्वभर पर्यटक आवागमन पनि घटेको छ । बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष स्थगित गरेर सन् २०२२ लाई भ्रमण वर्ष घोषणा गर्ने प्रस्ताव राखेका थिए।

सन् २०२० मा नेपालले भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको थियो । तर, कोरोना भाइरसको त्रासले विश्वभर पर्यटन क्षेत्रमा नकारात्मक असर परेको छ ।