२९ बैशाख २०८१, शनिबार
Follow Us

अर्थमन्त्री खतिवडासहित राष्ट्रियसभाका १९ सांसदको कार्यकाल आजबाट सकिँदै

नेपालब्रिटेन संवाददाता
२० फाल्गुन २०७६, मंगलवार ०४:२७

काठमाडौं । राष्ट्रियसभाका १९ सांसदको कार्यकाल आजबाट सकिँदैछ । अर्थमन्त्री डाक्टर युवराज खतिवडासहितका सांसदको कार्यकाल सकिन लागेको हो । नेकपाका ९, कांग्रेसका ७, राजपाका दुई र समाजवादीका एक सांसद बाहिरिने भएका हुन् ।

आजदेखि बिदाइ हुने सांसदहरुले आजको राष्ट्रिय सभा बैठकमा आफ्ना धारणाहरु राख्ने तयारी गरिएको छ । त्यसअघि संसद भवनमा सामुहिक फोटोसेसन हुनेछ । दुईबर्षे कार्यकाल सकिने भएपछि रिक्त पदका लागि यसअघि नै राष्ट्रिय सभा निर्वाचन भइसकेको छ ।

नवनिर्वाचित १८ सांसदको शपथ भोली एघार बजेका लागि तय गरिएको छ । सरकारको सिफारिसमा मनोनित गर्नेमा भने नेकपा उपाध्यक्ष बामदेव गौतम कि वर्तमान अर्थमन्त्री युवराज खतिबडा हुने भन्ने अहिलेसम्म टुंगो लागेको छैन ।