२९ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण गरिँदै

नेपालब्रिटेन संवाददाता
२१ फाल्गुन २०७६, बुधबार ०४:३०

प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज मृगौला प्रत्यारोपण भइरहेको छ ।

प्रधानमन्त्री ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सक टोलीले अहिले बिहान करिब ९ बजेबाट प्रत्यारोपण गरिरहेको छ । प्रत्यारोपणका लागि उहाँलाई आवश्यक औषधिहरु दिइएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना हुनुभएको थियो । उहाँको प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याब परीक्षणहरु गरिने क्रम जारी छ । सामान्य अवस्था रहेमा प्रधानमन्त्री ओली एक साताभित्र अस्पतालबाट डिस्चार्ज हुने जनाइएको छ । प्रधानमन्त्री ओलीको मनोबल उच्च रहेको र उहाँको सफल प्रत्यारोपण तथा स्वास्थ्य लाभका लागि सिङ्गो मुलुकले व्यग्र्रतापूर्वक प्रतीक्षा गरिरहेको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

प्रधानमन्त्री ओलीलाई उहाँकी भान्जी समीक्षा कोइरालाले मिर्गाैला दान गर्नुहुनेछ । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।