३० बैशाख २०८१, आईतवार
Follow Us

इटालीमा डेढ करोड मानिसलाई क्वारेन्टाइनमा राखिँदै

नेपालब्रिटेन संवाददाता
२५ फाल्गुन २०७६, आईतवार ०२:५५

रोम । इटालीले झण्डै १ करोड ६० लाख मानिसलाई क्वारेन्टइनमा राख्न शुरु गरिएको छ । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलन थालेपछि सरकारले उत्तर र पूर्वी क्षेत्रका बासिन्दालाई क्वारेन्टाइनमा राख्न सुरु गरेको हो ।

उत्तरका लोम्बाडीसहित एघार प्रान्त र पूर्वी क्षेत्रका मानिसलाई अप्रिलसम्म अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने घोषणा सरकारले गरेको हो । सरकारले मानिसहरुको जमघट हुने सभा सम्मेलन, जीम, संग्राहलय र स्की रिसोर्टहरु समेत अनिश्चितकालका लागि बन्द गरिएका छन् ।

इटालीमा पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएकोछ । भाइरस संक्रमणका कारण इटालीमा २ सय ३० जनाको मृत्यु भएको छ । पछिल्लो १ दिनमै १२ सय नयाँ विरामी भेटिएका छन् । अहिलेसम्म इटलीमा संक्रमितको संख्या ५ हजार ८ सय ८३ जनामा संक्रमण भेटिएको छ ।