मुख्य समाचार

बागलुङमा अर्की महिलाको रिपोर्ट पोजेटिभ

बागलुङ । कोरोना संक्रमणको जोखिमयुक्त बागलुङमा थप एक महिलामा द्रुत परीक्षण (¥यापिड डाइगोनोस्टिक टेष्ट) गर्दा शंकास्पद (पोजेटिभ) लक्षण देखिएको छ ।

काठेखोला गाउँपालिकामा आइतबार ७ जनाको द्रुत परीक्षण गरिएकोमा एक मात्र काठेखोला–६ बिहुँ इनारपानीकी एक ६५ बर्षीय महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले जानकारी दिए ।

-यापिड टेष्टमा पोजेटिभ देखिए पछि अहिले महिलालाई गाउँपालिकाकै क्वारेन्टिनमा राखिएको छ । उनी केहि साता अघि मात्रै गाउँका अन्यसँग मिलेर भारतको तिर्थयात्रा गएर फर्केकी थिईन् ।

रिपोर्ट पोजेटिभ देखिएकी महिलाको पुनः स्वाब संकलन गरेर थप परीक्षणका लागि पोखरा पठाउने जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । ‘महिलाका अन्य कुनै लक्षण देखिएको छैन’ तत्काललाई होम क्वारेन्टिन मै निगरानी गर्छौ ।’

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता