१७ असार २०८१, आईतवार
Follow Us

अन्नपुर्ण क्षेत्रमा हिमपहिरोमा परेर हराएका सातै जनाको शव फेला

नेपालब्रिटेन संवाददाता
२० बैशाख २०७७, शनिबार ०५:२५

काठमाडौं । अन्नपुर्ण क्षेत्रमा हिमपहिरोमा परेर हराएका सातै जनाको शव फेला परेको छ । साढे तीन महिना अघिबाट हराएका चार कोरियालीसहित सबैको शव फेला परेको नेपाली सेनाले जनाएको छ ।

गत माघ ३ गते अन्नपूर्ण आधार शिविरमा जाने क्रममा हिमपातपछि आएको हिमपहिरोमा कोरियाली पर्यटकसँगै तीनजना नेपाली पथप्रदर्शक र भरिया बेपत्ता भएका थिए । शुक्रबार एक कोरियाली पर्यटक र एक नेपालीको शव फेला परेपछि खोजी र उद्धार अभियान अन्त्य भएको सेनाले जनाएको छ ।

बाँकीको शव यसअघि नै फेला परिसकेको थियो । साढे तीन महिनादेखि नेपाली सेना, नेपाल प्रहरी र स्थानीय पर्यटन व्यवसायीले खोजी कार्यमा सघाउँदै आएका थिए । यो बर्ष लामो समय हिमपात भएका कारण हिउँले पुरिएका लाशको खोजीमा धेरै समय लागेको बताइएको छ ।