७ जेष्ठ २०८१, सोमबार
Follow Us

विप्लव समूहले सीमा अतिक्रमणबारे भारत र चीनलाई पठायो चिठी

नेपालब्रिटेन संवाददाता
६ जेष्ठ २०७७, मंगलवार ०४:४६

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले लिपुलेक विवादमा भारत र चीनलाई बेग्लाबेग्लै चिठी पठाएर सीमा अतिक्रमण बारे ध्यानाकर्षण गराएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिन पिङलाई सम्बोधन गरी लेखिएको छुट्टाछुट्टै चिठी नेपालस्थित दुवै देशका राजदूतावासमार्फत बुझाइएको हो ।

चिठीमा भारतले नेपाली भूमिमा गरिरहेको अतिक्रमणबारे बोल्न चीनलाई आग्रह गरिएको छ । भारतलाई नेपाली भूमिबाट हट्न आग्रह गरिएको छ ।

भारतसँग नेपालको कब्जा गरिएका सम्पुर्ण भुभाग फिर्ता गर्न चन्द नेकपाले माग पनि गरेको छ । नेपाली भुमि लिपुलेकलाई दुई देशको सिमा मानेर धार्चुला–मानसरोबर सडक निर्माण सम्झौता गरेको समेत चन्द माओवादीले आपत्ति जनाएको छ ।