१ जेष्ठ २०८१, मंगलवार
Follow Us

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुग्यो

नेपालब्रिटेन संवाददाता
२ श्रावण २०७७, शुक्रबार ११:५०

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १०१ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । आज ४ हजार ६८८ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।पछिल्लो २४ घण्टामा २ सय ८५ जना डिस्चार्ज भए । हालसम्म ११ हजार ५ सय ३४ जना डिस्चार्ज भइसकेका मन्त्रालयका प्रवक्ताले जानकारी दिए । हाल क्वारेन्टिनमा २२ हजार ७ सय ५६ जना रहेका छन् ।हाल ५ हजार ८७१ जना संक्रमित आइसोलेसनमा उपचाररत छन् ।