२० असार २०८१, बुधबार
Follow Us

चितवनमा होम क्वारेन्टिनमा रहेका एक पुरुषको मृत्यु

नेपालब्रिटेन संवाददाता
२० श्रावण २०७७, मंगलवार ०६:०६

चितवन । चितवनको खैरहनी नगरपालिकाको होम क्वारेन्टिनमा रहेका एक पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार उनी खैरहनी नगरपालिका वडा नम्बर ६ स्थित केसी वोरा उद्योगमा कार्यररत मजदुर हुन् । उनी बारा कलैयाका हुन् । सामान्य मजदुरको काम गर्ने ती ४१ वर्षीय पुरुषको स्वाब संकलन गरी भरतपुर कोभिड–१९ प्रयोगशाला पठाउने तयारी गरिएको छ । चिकित्सकका अनुसार मृतकमा कोरोना भाईरस सम्बन्धी कुनै लक्षण देखिएको थिएन ।