२ जेष्ठ २०८१, बुधबार
Follow Us

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ८७ लाख ५० हजार नाघ्यो

नेपालब्रिटेन संवाददाता
२२ श्रावण २०७७, बिहीबार ०३:५२

लन्डन । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड ८७ लाख ५० हजार नाघेको छ । संक्रमणबाट सात लाख ५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४९ लाख १९ हजार नाघेको छ ।

अमेरिकामा संक्रमणबाट १ लाख ६० हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकापछि संक्रमितको संख्या ब्राजिलमा धेरै छ । त्यहाँ २८ लाख ८ हजारभन्दा बढी संक्रमित भएका छन् भने ९६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । कोरोना संक्रमणबाट प्रभावित देशहरुको सूचीमा तेस्रो स्थानमा रहेको भारतमा संक्रमितको संख्या १९ लाख ६ हजार नाघेको छ ।

त्यहाँ ३९ हजार ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ । संक्रमणबाट मेक्सिकोमा ४८ हजार, पेरुमा २० हजार, चिलिमा ९ हजार ७ सय, दक्षिण अफ्रिकामा ८ हजार ८ सय र पाकिस्तानमा ५ हजार ९ सयभन्दा बढीको मृत्यु भइसकेको छ । विश्वभर संक्रमितमध्ये ६० प्रतिशतभन्दा बढी निको भएका छन् । निको हुनेको संख्या १ करोड १९ लाख ८ हजार नाघेको छ ।