२० असार २०८१, बुधबार
Follow Us

भारतीय गोर्खा सैनिकसहित थप १३ जनामा कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
२२ श्रावण २०७७, बिहीबार ०६:१४

सुनसरी । सुनसरीको धरानमा एकै परिवारका पाँचजना सहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये धरान– ३ गौधारा बस्ने एकै परिवार पाँच जना, धरान– ११ बस्ने एक महिला र भारतबाट आएर एन्फा क्वारेन्टीनमा बसेका भारतीय गोर्खा सैनिकहरु रहेका छन् । धरान औद्योगिक क्षेत्रको प्रिति भल्व उद्योगमा काम गर्नेहरुबाटै समुदायस्तरमा फैलिएको हुनसक्ने अनुमान गरिएको छ ।

एकसाता अघि सोही उद्योगमा काम गर्ने धरान १३ का एक युवकमा कोरोना पोजेटिभ देखिएपछि कन्ट्याक ट्रेसिङ गर्दै जादा प्रिति भल्वमा काम गर्ने अधिकांश कामदारमा कोरोना संक्रमण देखिएको हो । एकै घरपरिवारका पाँच जनाको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गर्ने तयारी भइरहेको छ ।

संक्रमित सबैलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइशोलेसनमा पठाइएको छ । यसैवीच आज विहान थप एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ । धरान तीन सव्जीमण्डी बस्ने छब्बिस बर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।