काठमाडौ । कोरोना संक्रमणको उपचार गराइरहेका दुईजनाको आज पाटन अस्पतालमा निधन भएको छ । ४१ वर्षीय महिला र ४५ वर्षीय पुरूषको शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । पाठेघरको क्यान्सर रोगी सुनौली घर भएकी महिलाको शुक्रबार बिहान ११ बजे मृत्यु भएको हो ।
यस्तै सर्लाही घर भएका पुरूषको बिहान साढे ९ बजे मृत्यु भएको थियो । मृतक पुरुषमा मधुमेह र रक्तचापको समस्या रहेको अस्पतालल बताएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ पुगेको छ।