१८ असार २०८१, सोमबार
Follow Us

रेशम चौधरीलाई वीर अस्पतालमा

नेपालब्रिटेन संवाददाता
२३ श्रावण २०७७, शुक्रबार १०:५६

काठमाडौं । कैलालीको टीकापुर काण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई वीर अस्पताल पुर्‍याइएको छ । डिल्लीबजार कारागारमा रहेका चौधरीको खुट्टा सुनिएपछि अस्पताल पुर्‍याइएको हो । खुट्टा सुनिएसँगै ज्वरो आउन थालेपछि चौधरीलाई अस्पताल लगिएको डिल्लीबजार कारागार स्रोतले जनाएको छ । २०७५ पुस १९ मा चौधरी कारागार चलान भएका थिए । २०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ७ जना प्रहरीसहित ८ जनाको ज्यान गएको थियो । सो घटनामा संलग्न भएको भन्दै चौधरीविरूद्ध मुद्दा लागेको थियो ।