१८ बैशाख २०८१, मंगलवार
Follow Us

कार दुर्घटनामा ३ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२४ श्रावण २०७७, शनिबार ०३:५९

काठमाडौं । परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको छ । रोहिणी गाउँपालिका चार छिपागडस्थित हुलाकी सडकखण्डमा गएराति लु २ च ६७५६ नम्बरको कार सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा चार जना घाइते भएकोमा तीन जनाको भैरहवास्थित भीम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकमध्ये रुपन्देही ओमसतिया गाउँपालिका चार बालापुरका २६ को देवेन्द्र चौधरीको मात्रै पहिचान खुलेको छ ।

अन्य दुई जनाको परिचय खुल्न बाँकी रहेको छ । घाइते रुपन्देही सिद्धार्थ नगरपालिका ४ का ३० वर्षीय अनिल यादवको अस्पतालमा उपचार भैरहेको छ । तिब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।